
मोरङ । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आज सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । पहिलो खेलमा मधेस प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ ।
खेल अगावै समूह ‘ए’ बाट आर्मी ८ अङ्कका साथ शीर्ष स्थानमा रहदैँ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीसँगै समूह ‘ए’ बाट कर्णाली समूह उपविजेता भएको छ । त्यस्तै समूह ‘बि’ बाट लुम्बिनीले ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिमले पनि ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेता बनेको हो ।
विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा मधेस प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १ सय ४३ रनको योगफल बनाएको थियो । मधेसका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविजित तिवारीले १९ रनको योगदान दिए । एपिएफका कप्तान भुवन कार्की र पुरन विकले समान ३÷३ विकेट लिए ।
जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पूरै ओभर खैल्दैँ ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रन बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयुमान बमले पनि १२ रन बनाए । मधेसका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए ।
दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई बागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा बागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।
टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ७३ रन बनायो । बागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरी अविजित ७४ रन बनाउँदा रवीन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की र दीपक सेरलाले समान २-२ विकेट लिए ।
जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमा सिमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरी ४३ रन बनाए भने शङ्कर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । बागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले समान २–२ विकेट लिए ।
भोलि पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो लुम्बिनी र कर्णाली प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग