
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो खेल्ने (आर्चरी) प्रतियोगिता शुरु भएको छ ।
थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका दुई सय ३२ खेलाडी सहभागी छन् ।
एउटा समूहमा सात खेलाडी रहने छन् । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको आज प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गर्नुभयो ।
समितिले प्रत्येक तीन–तीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । प्रतियोगिता सञ्चालन गर्न समितिले तीन वर्षअघि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । प्रतियोगिताका विजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने थकाली सेवा समितिका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिनुभयो । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य गौचन, प्रदेशसभा सदस्य विकल शेरचन र विमला गौचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिनुभयो । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापूर्वकालमा खेतीबाली लगाएर थन्क्याएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ । करिब डेढ सय मिटर वारिपारि राखिएका दुईवटा फल्याकमा तीर हान्ने गरिन्छ ।
जुन समूहले धेरैपटक फल्याकमा तीर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बीचमा राखिने गोलो आकारको सानो भागमा तीर कोपेपछि गोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपूर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजासहित घाँसा बजार परिक्रमा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग