
कञ्चनपुर। नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा रहेका चासोका विषयमा छलफल भएको जानकारी दिनुभयो । “स्थानीयस्तरमा भएका चासोका विषय, लागुऔषध नियन्त्रण गर्नेलगायत विषयमा दुवै पक्ष प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “लगत्तै हुने पूर्णगिरि मेलालाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको छ”, उहाँले बैठकमा सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएको बताउनुभयो ।
भारतको चम्पावत जिल्लाका प्रमुख नवनित पाण्डेयले भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०२५ सम्म उत्तराखण्डलाई नशामुक्त गर्ने अभियान छ त्यसमा नेपालको तर्फबाट पनि प्रतिबद्धता छ”, उहाँले लागुऔषध नियन्त्रण गर्नका लागि दुवै देश प्रतिबद्ध रहेका बताउनुभयो ।
बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बलका उपरीक्षक खगेन्द्रबहादुर चन्द सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग