
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस कोटाका ३ प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा अघिल्लो गठबन्धनमा कांग्रेस कोटाबाट प्रदेश प्रमुख बन्नुभएका मधेस प्रदेशका हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को फागुन २८ गतेको सिफारिस बमोजिम नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार बुधबार उहाँहरुलाई पदमुक्त गर्नुभएको शीतल निवासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग