
काठमाडौँ। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको फाइनल खेलमा नेपाल पपुवा न्युगिनीसंग ८६ रनको विशाल अन्तरले पराजित भएको छ । प्रतियोगिताको फाइनल खेलमा जितका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अल आउट हुँदै ८५ रनमा सिमित भयो ।
यो पराजयसंगै नेपाली क्रिकेट टोलीले फेरी अर्को फाइनल खेल हारेर उपाधिबाट विमूख भएको छ।
एकदिन अघि मात्रै ८५ रनको फराकिलो अन्तरले हराएको पपुवा न्यु गिनी (पिएनजी) सामु आजको फाइनल खेलमा नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गर्दा ८६ रनको लज्जास्पद हार ब्यहोरेको छ।
सन्दीप जोराले १७, आरिफ शेखले १५, रोहित पौडेलले १२ रन नै मुख्य योगदान रह्यो । बाँकीले दोहोरो अंक समेत जोड्न सकेनन्। पिएनजीका बलरहरूमा काबुवा मोरिया, सेमो कामिया, चाद सुपर र सेसे बाउले २-२ विकेट लिए। एलेइ नाउले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियो। जसमा पिएनजीका तर्फबाट ओपनर टोनी उराले ३७ बलमा ६१ रन, हिला भारेले २१ बलमा १८ रन, अलेई नाउले १० बलमा ३० रनको योगदान दिए।
बलिङमा कुशल भुर्तेले चार ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए भने आकाश चन्दले चार ओभरमा ४१ रन खर्चिएर तीन विकेट, करन केसीले चार ओभरमा ३२ रन खर्चिएर एक विकेट र गुल्शनले एक ओभरमा ११ रन खर्चिएर एक विकेट लिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग