
बागलुङ । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति शुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सडक स्तरोन्नति शुरु गरिएको हो ।
राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको सडकलाई ‘कृषि सडक’ नामकरण गरी स्तरोन्नति शुरु गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । सडकखण्डले नगरपालिकाका ६ वटा वडालाई समेटेको छ ।
कुश्मिसेरा, सकुर्वा, बिनामारे, अर्जेव, जैदी र छिस्ती समेटिएको ४३ किमि सडकलाई पक्की बनाउन बजेट विनियोजनका लागि सङ्घीय सरकारमार्फत दातृ निकायमा स्वीकृतिका लागि पठाइएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
सडक स्तरोन्नतिका लागि गतवर्ष घुम्ती सडक ढलान, नाली निर्माण, पहिरो व्यवस्थापन गरिएको थियो भने हाल सकुर्वाबाट अर्जेवातर्फ रु ३५ लाख बिनियोजन भइ स्तरोन्नति भइरहेको छ । साथै छिस्तीतर्फबाट ५५ लाख रुपैयाँ बिनियोजन भइ स्तरोन्नति भइरहेको छ ।
‘स्थानीय पूर्वाधार विभागको बजेटबाट सकुर्वाबाट अर्जेवातर्फको सडक स्तरोन्नति भइरहेको छ, छिस्तीमा समेत सडक बोर्ड र जैमिनी नगरपालिकाको साझेदारीमा सडक मर्मत भइरहेको छ”, उपप्रमुख शर्माले भन्नुभयो– ‘हाम्रै कार्यकालयमा ३४ किमि समेटिएको जैमिनीको मेरुदण्डको रुपमा रहेको कृषि सडक कालोपत्र गछौँ, अहिले दातृनिकायको सहयोगमा उक्त सडक कालोपत्र गर्नका लागि स्वीकृतिको तयारीमा छ ।’ उहाँले सडक कालोपत्र गर्न ५० करोड रुपैयाँ आवश्यक भएको बताउनुभयो ।
कृषि सडकका कारण यहाँका किसान लाभान्वित भएको सर्कुवाका किसान बाबुराम पौडेल बताउनुहुन्छ । यहाँका कृषि उत्पादनलाई बजारसँग जोड्न कृषि सडकले महत्वपूर्ण योगदान गरेको भन्दै सडक पक्की भए झनै सहज हुने पौडेलले धारणा राख्नुभयो । ‘जैमिनी कृषिमा उर्भरभूमि हो, यहाँको सुन्तला, तरकारी लगायत अन्य कृषि उपजको बजारीकरणका लागि सडकले सहज बनाएको छ’ उहाँले भन्नुभयो ।
सकुर्वातर्फ श्रीमन इन्टरप्राइजेजले ठेक्का सम्झौता गरी एक महिनादेखि स्तरोन्नतिको काम गरिरहेको सो कम्पनीका प्रतिनिधि नीराजन खतिवडाले बताउनुभयो । एक महिनादेखि कृषि सडकको स्तरोन्नति भइरहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग