
कञ्चनपुर । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् ।
पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी माउन्टेन बाइकसहित १५ हजार रुपैयाँ मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र नाथ तेस्रो भए । दोस्रो भएका लोहारले १० हजार तथा तेस्रो भएका नाथले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी १० किलोमिटर दौडमा महिलातर्फ तुलसी रावत पहिलो, सुशीला महत दोस्रो तथा राधिका भण्डारी तेस्रो भए । पहिलो भएकी रावतले माउन्टेन बाइकसहित १५ हजार, दोस्रो भएकी महतले १० हजार र तेस्रो भएकी भण्डारीले ७ हजार रुपैयाँबाट पुरस्कृत भए ।
नेपाली सेनाले धनगढीस्थित रङ्गशालामा सेना दिवसका अवसरमा तीनदिने विविध सैनिक प्रदर्शनीका साथै ‘युनिटी रन’को आयोजना गरेको हो । यसैगरी कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ नेहा खड्का प्रथम, बागेश्वरी धामी द्वितीय र दिपिका जोशीले तृतीय भइन् । खड्काले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । त्यही विधामा छात्रतर्फको पाँच किलोमिटर दौडमा विक्रम पार्की प्रथम, अमित आउजी द्वितीय र लक्ष्मण शाही तृतीय भए । पार्कीले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी कक्षा १० सम्मका विद्यार्थीका लागि आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ कमला बडुवाल प्रथम, लक्ष्मी भट्ट द्वितीय र पवित्रा सार्कीले तृतीय स्थान प्राप्त गरे । उपाधि विजेता बडुवालले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । छात्रतर्फ पाँच किलोमिटर दौडमा मोहन विष्ट पहिलो, नन्दकिशोर विष्ट दोस्रो र लक्ष्मण महरा तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति गणेशकुमार श्रेष्ठ, पृतनाका सहायक रथी सुरत रावल, श्री नम्बर २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापा, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, सैनिक श्रीमती सङ्घका पदाधिकारी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र