
कैलाली । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त नहुँदा ढिलाई भएको छ ।
चालु आर्थिक वर्ष २०८०र८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ । ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८र७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा रकम ‘फ्रिज’ भएको हो ।
कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले लम्कीमा ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि चालु आवमा ०८०र८१ मा बहुवर्षीय योजनाअन्तर्गत ५ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।
उहाँले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्र्रह गर्दै आएको पनि जानकारी दिनुभयो । पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा अत्यधिक दुर्घटना हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने गरेको जनाइएको छ । ट्रमा सेन्टर नहुँदा सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता रहेको छ ।
सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा भवन निर्माणका लागि जग्गाको टुङ्गो लाग्न सकेको छैन् । भवन निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गाको टुङ्गो नलाग्दा भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग