
काठमाडौँ । भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
भारतका व्यापारमन्त्री पियुष गोयलले त्यो सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने जानकारी दिनुभयो ।
‘भारत–इएफटिए व्यापार र आर्थिक साझेदारी सम्झौता (टिइपिए) हाम्रो बढ्दो साझेदारीमा कोसेढुङ्गा हो’ दिल्लीमा हस्ताक्षर गरेपछि मन्त्री गोयलले भन्नुभयो । उहाँले सम्झौताले निर्यात र लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गरेर आपसी विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताउनुभयो ।
सोह्र वर्षसम्म लामो वार्तापछि त्यो सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षर समारोहमा उल्लेख गरिएको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक भएको’ बताउनुभएको छ ।
‘सम्झौताले हामीलाई आफ्नो आर्थिक क्षमताको राम्रो उपयोग गर्न र भारत तथा इएफटिए दुवै राज्यका लागि थप अवसर सिर्जना गर्न अनुमति दिनेछ’ नयाँदिल्लीमा स्विस अर्थमन्त्री गाई पार्मेलिनले भन्नुभयो– ‘इएफटिए मुलुकहरूलाई एउटा प्रमुख विकास बजारसम्म अनुमति प्राप्त हुनेछ, बदलामा भारतले इएफटिएसँग अधिक विदेशी लगानी आकर्षित गर्नेछ जुन अन्ततः राम्रो रोजगारी वृद्धिमा परिणत हुनेछ ।’
इएफटिएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा यो वस्तुको हिसाबले विश्वको १०औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो ।
हालैका वर्षमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतसँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग