
विराटनगर। मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लबलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समूह ‘ए’मा चार खेलमा दुईमा जित र दुईमा पराजित हुँदै चार अङ्कको साथ शीर्षस्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ६५ रन बनाएको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा दुई छक्का र दुई चौका प्रहार गरी अविजित ५५ रन बनाउँदा विपीन रावलले ३६ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ४२ रन र रवीन्द्र शाहीले ३५ रनको योगदान दिए ।
एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले एक–एक विकेट लिए । जवाफमा एक सय ६६ रनको लक्ष्य पाएको एपिएफले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय १४ रनमात्र बनाउन सक्यो । एपिएफका अमर रौटेलाले ३७ बलमा एक छक्का र दुई चौका प्रहार गरी ३७ रन, हिमाञ्सु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए । कर्णालीका दीपेन्द्र रावतले दुई विकेट लिँदा रवीन्द्र साहले पनि दुई विकेट तथा प्रकाश जैशीले एक विकेट लिए ।
दोस्रो खेलमा लुम्बिनीले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । लुम्बिनीको यो लगातार तीन खेलमा शतप्रतिशत नजिता निकाल्दै छ अङ्कका साथ समूह ‘बी’को शीर्षस्थानमा छ ।
लुबिनीले यसअघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाइ एक सय ५३ रनको योगफल तयार पारेको थियो । बागमतीका कप्तान रित गौतमले ३३ बलमा एक छक्का र चार चौका प्रहार गरी ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८, उत्तम मगरले २५ र इसान पाण्डेले २१ रनको योगदान दिए । लुम्बिनीका चाहुल चैहानले तीन विकेट लिँदा कृष्ण कार्कीले दुई विकेट लिए । जवाफमा एक सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको शतकले १७ दशमलव दुई बलमा तीन विकेट गुमाई लक्ष्य पार गरेको थियो ।
लुम्बिनीको जितमा कप्तान खनालले एक सय रनमा अविजित रहे । उनले ५१ बलमा सात छक्का र सात चौका प्रहार गरी शतक पूरा गरे । खनालको शतक कोशी प्रदेश ट्रफीमा पहिलो शतक हो । त्यस्तै विशालविक्रम केसीले अविजित २७ रन बनाए ।
बागमतीका विपीन आचार्य, गौतम केसी र कृजन गुरुङले एक–एक विकेट लिए । आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेस प्रदेशबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद सादबाबु कुरैसीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग