
बाँके । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोहलपुरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शुक्रबार विविध कार्यक्रमको आयोजना गरिएको हो ।
मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभावफेरी कार्यक्रमको आयोजना गर्दै महिलाहरुलाई सम्मान गरीएको थियो । विहान ८ बजे कोहलपुर नगरपालिका महिला तथा बालबालिकाको कार्यलयबाट सुरु भएको प्रभातफेरी कार्यक्रम कोहलपुरको न्युरोड, साझा चोक बजार हुदै कोहलपुर नगरपालिका न्युरोडमा अवस्थित खुल्ला मैदानमा कोणसभामा परिणत भएका थियो । ¥यालीमा जनप्रतिनिधि,कर्मचारी, पत्रकार, सहकारीकर्मी, शिक्षक र विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा महिला भलिबल प्रतियोगिता आयोजना गरीएको थियो । ६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सहकारीकर्मी महिला प्रथम भएको महिला तथा बालबालिका शाखाकि प्रमुख घटना शाहले जानकारी दिनुभयो । महिला कर्मचारी दोस्रो र महिला पत्रकार तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः मेडल, प्रमाणपत्रले सम्मान गरीएको थियो ।
कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, कोहलपुर नगरपालिकाकि नगर उप प्रमुख संगिता सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग