
काठमाडौँ । फ्रेन्डसिप कप अन्तर्गत टि-२०आई खेलमा नेपाल हङकङसॅग ७३ रनले पराजित भएको छ ।
जितका लागि २ सय १३ रन पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र १ सय ३९ रनना अलआउट भयो । शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपालले हङकङसंग लज्जास्पद हार बेहोर्न पुग्यो । नेपालको ९ विकेट क्याच र अन्तिम विकेट रनआउट भएको थियो ।
एक समय ११७-२ को स्थितिमा रहेको नेपालले २१ रनको अन्तरमा ८ विकेट गुमाएपछि हार बेहोर्यो । कुशल भुर्तेल २ रन जोडेर दोस्रो ओभरमै आउट भएपछि विनोद भण्डारी र रोहित पौडेलले साझेदारी गरे । ५२ रनको साझेदारी पूरा गरेपछि विनोद ४२ रनमा आउट भए । उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि रोहित र आरिफ शेखले ५७ रन बनाए । रोहित ११ औं ओभरमा ३० रन जोडेर आउट भए । उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
लगत्तै अर्को बलमा आरिफ पनि ३८ रन जोडेर पेभेलियन फर्किए । २१ बलमा ५ चौका र २ छक्का प्रहार गरेका उनी क्याच आउट भए । त्यसपछि कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सन्दीप जोरा २, गुलशन झा ८, विवेक यादव १ र राशीद खान ३ रनमा आउट भए ।
हङकङका एजाज खानले ४ विकेट लिए । स्पिनर एहसान खानले ३ तथा अतिक इकबाल र नसरुल्लाह रानाले १ १ विकेट लिए ।
त्यसअघि कमजोर सुरुवात पाएको हङकङले बाबर हायातको शकतसँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । उनले ३ चौका र १३ छक्का प्रहार गरे ।
९ ओभरको समाप्तिमा ६१ -२ को स्थितिमा रहेको हङकङले त्यसपछि आक्रामक ब्याटिङगर्दै विशाल लक्ष्य प्रस्तुत गर्यो ।
नेपालले अब आइतबार त्रिकोणात्मक सिरिज अन्तर्गत हङकङको सामना गर्नेछ । मंगलबार पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि २० खेल खेल्नेछ ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग