
पाल्पा । आज एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवस देशका साथै विश्वभर मनाइँदैछ । दिवसका अवसरमा विभिन्न सङ्घसंस्था एवं निकायले महिलाका हकहितका साथै सचेतनामूलक विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।
नारी दिवसमा यस वर्ष पाल्पाको रामपुर नगरपालिकाले महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । खेलक्षेत्रमा हौसला बढाउन लुम्बिनी प्रदेशको महिला भलिबल समूहलाई नगदसहित सम्मान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरप्रमुख रमणबहादुर थापाले रामपुरमा खेलका लागि विभिन्न पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो । उहाँले नारी दिवसका अवसरमा महिला खेलाडीलाई सम्मान गरिएको भन्दै यसले खेलप्रति महिलालाई आकर्षित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख थापाले नगरभित्र दुई कवर्डहल निर्माण भइरहेको भन्दै आगामी वर्ष भलिबल स्टेडियम निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिए पनि बजेट धेरै लाग्ने हुँदा स्थानीय तहले मात्र सम्भव नभएको उहाँले बताउनुभयो ।
पछिल्लो समय खेलमा महिलाको आकर्षण बढ्दै गएको हँुदा प्रोत्साहन गर्दै यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा भलिबल खेलाडीलाई सम्मान गरिएको नगर उपप्रमुख बालकुमारी थापाले बताउनुभयो ।
रामपुरमा हालै सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो । उक्त प्रतियोगितामा एपिएफ पहिलो, बागमती दोस्रो र लुम्बिनी तेस्रो भएको थियो । तेस्रोका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बनीले जित हासिल गरेको थियो ।
लुम्बिनीकी मीना सुनार खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नगरपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिक, श्रमिक, कृषि, उद्यमी, पशुपालन, विभिन्न पेसा, व्यावसायमा आबद्ध महिला, महिला सञ्चारकर्मी लगायतलाई सम्मान गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग