
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मूलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन् । धारामा मिटरसमेत जडान गरिएको छ । यसअघि छेम्दीवासीले सार्वजनिक धारा र मुहानबाट निजी लगानीमा पाइप जडान गरेर खानेपानी उपभोग गरेका छन् ।
घरमै भएको निजी धारामा नियमित खानेपानी वितरण भएपछि समयको बचत र सहज भएको स्थानीयवासी देउमन पुर्जाले बताउनुभयो । खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी परिवर्तन भएको छ । गत मङ्सिर महिनादेखि सुरु भएको आयोजना बिहीबार सम्पन्न भएपछि पानी वितरण गर्न थालिएको हो ।
कूल ६४ लाख ६६ हजार ६८ रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणमा उपभोक्ताले २२ लाख ३५ हजार ७ सय २८ रुपैयाँ बराबरको श्रमदान गरेका गोर्खा वेयलफेयर ट्रष्टका प्राविधिक देवी थापा मगरले बताउनुभयो । पाइप, सिमेन्ट, रड, फिटिङलगायत निर्माण सामग्री उपलब्ध गराएको ट्रष्टले आयोजना निर्माणस्थलमा एक जना प्राविधिक नियमितरुपमा परिचालन गरेको थियो । गोर्खा वेयलफेयर ट्रस्टको सहयोगमा अन्नपूर्ण गाउँपालिका–६ मा खिवाङ र वडा नम्बर–३ को काभ्रेमा पनि खानेपानी तथा सरसफाई आयोजना निर्माणको अन्तिम चरणमा छ ।
खिवाङमा १ सय ४२ र काभ्रेमा ७५ घरधुरी लाभान्वित हुने प्राविधिक गुरुङले बताउनुभयो । गोर्खा वेयलफेयर ट्रष्टको सहयोगमा गत वर्ष अन्नपूूर्ण गाउँपालिका–४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर–३ को दाना बजारमा ५१ र दुवारीमा–२६ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको थियो ।
गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका सतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २२ थप आयोजना निर्माण गर्नुपर्ने योजनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग