
काठमाडौँ । लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १०–० को हार बेहोर्दै नेपालले साफ यू–१६ महिला च्याम्पियनसिपको यात्रा टुंग्याएको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा भारतलाई जित दिलाउन पर्ल फर्नान्डेज र गुरलिन गौरले दुई–दुई गोल गरे । यस्तै, अनिता ढुङ्डुङ, अनुस्का कुमारी, बोनिफिला सुल्लाई, गुरनाज कौर र रेहाना लिज जाकोबले समान एक गोल थपे । भारतले एक गोल भने नेपालबाट आत्मघाती उपहार पाएको थियो ।
तेस्रो मिनेटमा अनिता ढुङ्डुङले गोल गर्दै भारतलाई अग्रतामा राखेकी थिइन् । पर्ल फर्नान्डेजले १३औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् । २२औँ मिनेटमा अनुस्का कुमारी भारतका लागि तेस्रो गोल थपिन् । २५औँ मिनेटमा बोनिफिला सुल्लाईको गोलमा भारतले अग्रता ४–० मा पुर्यायो । ३३औँ मिनेटमा गुरलिन कौरले गोल गर्दै भारतको अग्रतालाई ५–० मा पुर्याइन् ।
यस्तै, ४४औँ मिनेटमा पर्ल फर्नान्डेज दोस्रो गोल गरेपछि भारतले पहिलो हाफमै ६–० को अग्रता बनाएकी हुन् । दोस्रो हाफमा भारतले चार गोल थप्यो । दोस्रो हाफको सुरुआतमै नेपालकी मिनमाया श्रेष्ठबाट आत्मघाति गोल उपहार पाएपछि भारतले अग्रतालाई ७–० मा पुर्यायोे । ५८औँ मिनेटमा गुरनाज कौरले गोल गर्दै भारतलाई ८–० को अग्रतामा राखिन् ।
७७ औँ मिनेटमा गुरलिन कौरले दोस्रो गोल गरेपछि भारतले अग्रतालाई ९–० मा पूर्याएको थियो । त्यसको अर्को मिनेटमा नै रेहाना लिज जाकोबले गोल गर्दै भारतको अग्रतालाई १०–० मा पुर्याइन् । जितसँगै भारतले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । भारतले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशसँग ३–१ को हार व्यहोरेको थियो । भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।
लिग चरणको अन्तिम खेल अगावै फाइनलमा स्थान बनाएको बंगलादेशले शुक्रबार भुटानसँग खेल्दैछ । हारसँगै प्रतियोगिता टुंग्याएको नेपालले यसअघिका दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको थियो । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ३–० ले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग