
बागलुङ । बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो । अनुगमन टोलीले बागलुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो ।
व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेय पदार्थ जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । ‘जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेय पदार्थ भेटिए, हामीले स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएका छौँ’ बरालले भन्नुभयोÞ– ‘उपभोक्ता र बिक्रेतामा अझै पनि सचेतनाको आवश्यकता देखियो ।’ कोकाकोला कम्पनीका कोक, फेन्टा, स्प्राइट सबैभन्दा धेरै म्याद गुज्रेका भेटिएका थिए । अघिल्लो गर्मीयाममा राखेका पेय पदार्थको म्याद गुज्रेको व्यवसायीले ख्याल नगरेको पाइएको हो ।
‘पटक–पटकभन्दा पनि कम्पनी र डिलर फिर्ता लिन आउँदैनन्, बेच्न आउँदा जबरजस्ती धेरै भिडाएर जान्छन्, बिक्री हुन्न अनि म्याद गुज्रिन्छ’ नारायणस्थानका स्थानीय व्यवसायी महेन्द्र जिसीले भन्नुभयो– ‘ठूला व्यवसायीका कारण मर्का पर्ने गरेको छ ।’
केही पसलले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रङ मिसिएका खाद्य वस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । ‘हामीले उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल अनुगमन गर्यौँ’ उहाँले भन्नुभयो– ‘तर बजारका अधिकांश पसलमा म्याद गुज्रेका सामग्री पाइयो, यो निकै डरलाग्दो स्थिति हो ।’ पहिलो पटकका लागि सचेत गराइएको र दोहोरिए कारबाही गर्ने चेतावनी दिएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा भेटिएका सामग्रीमध्ये पीठो, फुरन्दाना, दालमोठ, बिस्कुट, चक्लेट, महलगायत खाद्य सामग्री पनि जफत गरिएको थियो । जफत गरिएका सामग्री व्यवसायी र स्थानीयकै रोहवरमा नष्ट गरिएको थियो । सोमबार बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि पैँयुपाटा र नारायणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायणस्थानबाट अनुगमन थालिएपछि अधिकांश खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए ।
प्रशासनले यसपटक पसल बन्द गरी भागे पनि अर्को पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने जनाएको छ । प्रशासनका प्रतिनिधि प्रहरी पनि भएकाले वडाका जनप्रतिनिधि र प्रहरीले जुनसुकै बेला अनुगमन गर्नसक्ने बरालले बताउनुभयो ।
बलेवाका बजारमा रङ मिसिएका मिठाई तथा अन्य खाद्यपदार्थलाई पनि कठाइका साथ हेरिएको थियो । जेरी, झिनिया, केक र मिठाइमा आखाद्य रङ मिसिएको भेटिएपछि तत्काल जफत गरेर नष्ट गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग