गोरखा। जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।
“अबदेखि प्रहरी कार्यालयमा उजुरीका लागि सेवाग्राहीले क्युआर कोड पनि प्रयोग गर्न सक्छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेक प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्युआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ ।” कार्यालयले बिहीबारदेखि क्युआर कोड प्रयोगमा ल्याएको हो ।
प्रहरी कार्यालयमार्फत प्रदान गरिने सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्देश्यका साथ क्युआर कोड सेवा सुरु गरिएको सूचना अधिकारी खड्काको भनाइ छ । “क्युआर कोडको प्रयोगले प्रहरीको सेवालाई छिटोछरितो गर्न पनि सहज हुनेछ”, उहाँले भन्नुभयो, “सेवा प्रवाहको व्यवस्थापन, जवाफदेही, पारदर्शी बनाई नागरिक सु–सम्बन्ध एवं सुशासन कायम गर्न यसले थप सहयोग पुग्नेछ ।”
सेवाग्राहीलाई क्युआर कोड प्रयोग गर्न कार्यालय आउँदा सहजै देखिनसक्ने ठाउँमा क्युआर कोड टाँसिएको उहाँले बताउनुभयो । नागरिकसँग प्रहरीको सहज पहुँच विस्तारका लागि प्रविधिको प्रयोगले सहयोग पुग्ने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते