
कालीकोट । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाइएको हो ।
फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो । ‘फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो’, उहाँले भन्नुभयो ।
फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो । जिल्लाका नौ वटा पालिकाका दुई सय २७ भन्दा बढी खोप केन्द्र्रबाट खोप अभियान सञ्चालन गरिएको महत जानकारी दिनुभयो ।
खाँडाचक्र नगरपालिकाका दुई हजार दुई ८५, पलाताका दुई हजार तीन सय ८३ , नरहरिनाथका दुई हजार आठ सय २७, महावैका एक हजार ९२, तिलागुफाका एक हजार आठ सय ९० लाई खोप दिइएको महतले बताउनुभयो ।
उहाँका अनुसार रास्कोट नगरपालिकाका दुई हजार दुई सय ६२, सान्नीत्रिवेणीका एक हजार सात सय, पचालझरनाका एक हजार छ सय ५४ र शुभकालिकाका एक हजार पाँच सय ४३ बालबालिकालाई खोप दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग