
सङ्खुवासभा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकीले फाइनलमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । गण्डकीले पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । सो खेलमा गण्डकी १७–२५, २५–२१, २६–२४ र १५–११ अङ्कले विजयी भयो ।
यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटले पराजित गरेको हो । एपिएफ क्लबले सो खेल २५–१६, २५–२२ र २५–१९ अङ्कले जितेको हो । फाइनल खेल शनिबार हुने छ । शनिबार नै तेस्रो स्थानका लागि आर्मी क्लब र पुलिस क्लबबीच खेल हुने छ ।
प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु ५० हजार तथा चौथोले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेश सहभागी थिए । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिवल सङ्घको संयोजनमा यही फाुगन १५ गतेदेखि मुख्यमन्त्री कप भलिबल सञ्चालन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग