
बाँके । ‘महिलामा लगानी सभ्य र सम्मुन्नत समाजको थालनी’ भन्ने नाराका साथ कोहलपुर नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले शुक्रबार महिला दिवस मनाउने सन्दर्भमा विभिन्न सरोकारवाला पक्षसँग अन्तरक्रिया गरेको छ ।
उक्त कार्यक्रममा सहभागि सम्बद्ध सरोकारवाला पक्षले यही २५ गते मनाइने अन्तराष्ट्रिय महिला दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेका शाखा प्रमुख घटना शाहले जानकारी दिनुभयो। शाहका अनुसार प्रभातफेरी, मैत्रीपूर्ण भलिवल, सम्मानलगायतका कार्यक्रमको आयोजना गरी दिवस धुमधामले मनाउने निर्णय भएको जानकारी दिनुभएको हो । शाहले कोहलपुर नगरपालिका भित्र सक्रिय रुपमा काम गरिरहेका एक जना पत्रकार महिला,एक जना बालविकास शिक्षिका,एकल महिला व्यवसायी,अपाङ्ग महिला व्यवसायीमहिला उधमीलाई सम्मान सहित पुरस्कृत गर्ने निर्णय गरिएको बताउनु भयो।
यसैगरी सम्मान तथा पुरस्कार छनौटका लागि कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माको संयोजकत्वमा समिति समेत बनाइएको जानकारी दिनुभयो।
यस्तै दिवसकै पुर्वसन्ध्यामा जनप्रतिनिधि, कर्मचारी, महिला पत्रकार, शिक्षकलगायतका टिमबीच सौहार्दपुर्ण रुपमा मैत्रीपूर्ण भलिवल खेल आयोजना गर्ने निर्णय भएको पनि शाहले जानकारी दिनुभयो। सामाजिक बिकास शाखा अध्यक्ष इश्वरी प्रसाद बिकले कोहलपुर नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुलाई समेटेर यस दिवसलाई अवसरको रुपमा लिएर एक आपसमा आत्मियता बढाउन सबै दिदिबहिनी आमाहरुलाई समेटेर कार्यक्रम गर्न सके सकारात्मक उर्जा तथा सन्देश जाने बताउनु भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग