+

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा एमालेको चासो छैन : महासचिव पोखरेल

धनुषा ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताउनुभएको छ । 

एमाले महासचिव पोखरेलले शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै  पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताउनुभएको हो । ‘पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ’ उहाँले भन्नुभयो । 

महासचिव पोखरेलले सुशासन लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ’ उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै