
काठमाडौँ । त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गत आजको खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १८० रनको योगफल तयार गरेको हो।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । कुशलले ३६ बलमा १ चौका र ४ छक्कासहित ५५ रनको अविजित पारी खेले। ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई सम्हाल्ने क्रममा कुशल मल्लले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।
आक्रामक सुरुवात गरेका कुशलको डेथ ओभरमा भने ठूलो सट खेल्ने प्रयास सफल हुन सकेन ।
ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने । उनले २ बलमा १ रन जोडे । कप्तान रोहित पौडेल ९ बलमा १० रन जोड्दै चौथो ओभरको चौथो बलमा क्याच आउट भए ।
ओपनर अनिल शाह सातौं ओभरको अन्तिम बलमा कट बिहाइन्ड भए । उनले १७ बलमा ३ छक्कासहित २३ रन बनाए । त्यसको २ बलपछि गुलशन झा पनि आउट भए । १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोडेका उनी बर्नार्ड स्कोल्जको एलबीडब्लु धरापमा परे ।
दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै शिकोंगोको एलबीडब्लु धरापमा परे । करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै