
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैतेदशैँको शुभकामना व्यक्त गर्नुभएको हो ।
‘त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ’ प्रधानमन्त्रीले शुभकामनामा भन्नुभएको छ– ‘प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो । लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् ।’
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै