
भोजपुर । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुँदै छ ।
आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् ।
प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने महासचिव किरातीले बताए । कोशी प्रदेश खेलकुद विकास बोर्ड प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले एक लाख ७५ हजार, तेस्रोले ८० हजार तथा चौथो हुने टोलीले र ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । विधागत रुपमा उत्कृष्टलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’