
काठमाडौँ । नेपाल सितोरियो कराते डो सङ्घ, प्रयोगपोखरी डोजाको आयोजनामा सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ ।
प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुष तथा महिलामा एकल काता र कुमुतेमा समान ११–११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टिमको सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले युवा खेलाडीलाई सङ्गठित गर्न र सहिदप्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकका लागि ज्यान दिने सहिदको सम्झनामा प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिनुभयो ।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदवारी नगरपालिकाको सहप्रायोजनमा हुने दुईदिने प्रतियोगिताका खेल आदर्श कन्या निकेतनमा खेलाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’