
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा सृजनशील भएर लाग्न युवा तथा विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), झापा काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा आज आयोजित विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले आफ्नो ज्ञान, सीप र क्षमता स्वदेशमा नै उपयोग गर्दै समाजवादको लक्ष्य प्राप्तितर्फ लाग्न आह्वान गर्नुभयो । जीवन उपयोगी, व्यावसायिक तथा उत्पादनमुखी शिक्षालाई सरकारले प्रवद्र्धन गरिरहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र केही हुँदैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताउनुभयो ।
राजनीतिक अस्थिरताको अन्त्य गर्दै विकास निर्माण र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन एमाले पहिलो शक्ति हुन जरुरी रहेको पनि उहाँले बताउनुभयो । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने गरी आ–आफ्नो क्षेत्रमा काम गर्न उहाँको आग्रह छ ।
कार्यक्रममा झापाबाट काठमाडौँ आई अध्ययन गर्ने क्रममा गत स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसबाट निर्वाचित हुने अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुलाई बधाई ज्ञापन गरिएको मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा