
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन पहल गर्नुभएको छ । घिमिरेले समितिमा रहेका ३५ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे र सांसद डा शाक्यसहितको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन आजै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेको छ ।
अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा र असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन चैत २३ देखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ । सांसद शाक्यले त्यहाँ महिला सांसदहरूको मञ्चमा सहभागिता जनाउने कार्यक्रम छ । शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।
उहाँ राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा त्यही समितिको दिगो विकास उपसमिति संयोजकसमेत हुनुहुन्छ । शाक्यकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ । उहाँ संयोजक रहेको उपसमितिले पटक–पटक विभिन्न मन्त्रालय, सरोकार भएका निकाय र निजी क्षेत्रसँग छलफल गरी प्रतिवेदन तयार गरेको थियो ।
दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गर्नुभएकी शाक्यले अन्तरराष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा सभामुखले पनि लिएको उहाँको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा