
काठमाडौँ । चीनले निर्माण कानुनको पालना गर्न आग्रह गरेको छ । गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन ढलेपछि बैङ्ककका लागि चिनियाँ दूतावासले विदेशमा कार्यरत चिनियाँ कम्पनीलाई स्थानीय कानुनको पालना गर्न आह्वान गरेको हो ।
थाइल्याण्डको राजधानी बैङ्कक र म्यान्मारमा शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पका कारण बैङ्ककमा ३० तल्ले गगनचुम्बी भवन भत्किएको थियो । थाइल्याण्डका अधिकारीहरूले त्यो संरचनामा गुणस्तरहीन रड प्रयोग गरेको आशङ्कामा जिम्मेवार निर्माण कम्पनीहरूमाथि अनुसन्धान सुरु गरेको बताएका छन्।
बैङ्ककको लोकप्रिय चाटुचक बजार नजिकैको विकास चाइना रेलवे नम्बर १० चिनियाँ इन्जिनियरिङ ग्रुप र थाइल्याण्डको एक संयुक्त परियोजना थियो । चीन रेलवे ग्रुप (सीआरईसी) को त्यो शाखा विश्वको सबैभन्दा ठूलो निर्माण र ईन्जिनियरिङ् ठेकेदारमध्ये एक मानिन्छ । बैङ्ककस्थित चिनियाँ दूतावासले मङ्गलबार राति भूकम्पका कारण भवन ढली भएको मानवीय क्षति प्रति दुःख व्यक्त गर्दै मृतक कामदारका परिवारमा समवेदना प्रकट गरेको छ ।
दूतावासले कम्पनीहरूलाई थाई कानुनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ । ‘चीन सरकारले विदेशमा रहेका चिनियाँ कम्पनीहरूलाई स्थानीय कानुनको पालना गर्न र विदेशी भूमिमासकारात्मक योगदान गर्न निरन्तर आग्रह गर्दै आएको छ’ दूतावासले थाई भाषामा फेसबुकमा संप्रेषित सन्देशमा लेखेको छ।
बेइजिङले बैङ्ककमा सहयोग गर्न उद्धार विज्ञ र विपद् राहत कर्मीहरूको एक टोली पठाएको छ र ‘थाइल्याण्डलाई आवश्यकताअनुसार सहयोग जारी राख्ने’ प्रतिबवता जनाएको छ। बेइजिङले चिनियाँ कम्पनीहरूलाई थाई अधिकारीहरूसँग ‘मेहनत साथ’ उद्धारमा सहयोग गर्न पनि आग्रह गरेको छ।
परियोजनाको स्थानीय साझेदार इटालियन–थाई डेभलपमेन्ट (आईटीडी) ले सोमबार भूकम्पपीडितप्रति समवेदना प्रकट गरेको छ तर यस घटनाले अन्य परियोजनामा असर नपार्नेमा आफू विश्वस्त रहेको बताएको छ । थाइल्यान्डमा भूकम्पका कारण भएको यो अहिलेसम्मकै सबैभन्दा घातक घटना हो, जसमा राज्यका २२ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश निर्माणस्थलमा कार्यरत कामदार रहेको अनुमान गरिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै