
काठमाडौँ । म्यानमारमा भूकम्प गएको ५ दिनपछि एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।
७.९ म्याग्निच्यूडको भूकम्पको ५ दिनपछि बुधबार म्यानमाको नेपिडोको होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।
भग्नावशेषमा २ जना फसेको र म्यानमारको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।
स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३ बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ ।
बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’