
महोत्तरी । इलाका प्रशासन कार्यालय गौशालामा एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।
कार्यालयमा एक महिनादेखि कार्यालय प्रमुख तेजनारायण झा अनुपस्थित हुँदा इलाका प्रशासन कार्यालयबाट जारी हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणका कामकाज प्रभावित बनेको छ ।
कार्यालय प्रमुख नहुँदा नागरिकतामा हस्ताक्षर गर्न नसकिएर एउटा नागरिकताकै लागि सेवाग्राही तीन दिनदेखि पाँच दिनसम्म धाउनुपरेको छ । जिल्लाको सोनमा गाउँपालिका–५ बाट नागरिकता बनाउन इलाका प्रशासन कार्यालय गौशालामा पुगेका शिवशङ्कर साहले पाँच दिनदेखि आफू नागरिकता बनाउनका लागि कुदिरहँदा नागरिकता पाउन नसकेको गुनासो सुनाउनुभयो ।
त्यस्तै औरही नगरपालिका–२ बस्ने प्रियंका यादवले चार दिनदेखि धाउँदा नागरिकता पाउन नसकेको बताउनुभयो । त्यही क्रममा अर्का सेवाग्राही औरही–३ बस्ने काजल कुमारी र अरुण यादवले आफूहरु ३ दिनदेखि इलाका प्रशासन कार्यालयमा नागरिकताको लागि कुदिरहँदा नागरिकता प्राप्त गर्न नसकेको बताउनुभयो ।
उहाँहरु जस्तै राष्ट्रिय परिचयपत्रको लागि दुई दिनदेखि इलाका प्रशासन कार्यालयमा पुगेका औरही–१ दिनेश यादवले दुई दिन खर्चेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न नसकेको गुनासो सुनाउनुभयो ।
यसरी महिनादेखि कार्यालय प्रमुख इप्रकामा नपुग्दा सेवाग्राहीले भोगिरहेका समस्याका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले गत महिनादेखि नै इलाका प्रशासन कार्यालय प्रमुखविहीन रहेको स्वीकार गर्नुभयो ।
उहाँले त्यहाँ कार्यरत कार्यालय प्रमुख (अधिकृत) झाले फागुनमा सेवाबाट राजिनामा गरेको र चैत १ गते उहाँको राजिनामा स्वीकृत भइसकेको जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले भोगिरहेका समस्याका सन्दर्भमा उहाँले त्यस कार्यालयमा कर्मचारी अभाव र कामको चाप बढी भएको बताउनुभयो ।
एक कार्यालय प्रमुख, दुई नायब सुब्बा, दुई कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर र एक लेखापालको दरबन्दी मात्रै रहेको इलाका प्रशासन कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखको अभावमै त्यस क्षेत्रका विभिन्न पाँच वटा पालिकाका २६ वडाका नागरिकलाई सेवा दिनुपर्दा भ्याइनभ्याइ भएको र सेवा प्रवाहमा बढी समय लाग्ने गरेको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । उहाँले सेवा प्रवाहमा समय लागे पनि सेवा प्रवाह बन्द नभएको बताउनुुभयो ।
उहाँले इलाका प्रशासन कार्यालय छुट्टै कार्यालय भइसकेकाले त्यस कार्यालयमा यस (जिल्ला प्रशासन कार्यालय) बाट कोही कसैलाई काजमा खटाउन नमिल्ने भएकाले त्यहाँका सेवा ग्राहीको समस्या आफूहरुले चाहेर माग बमोजिम समाधान गर्न नसकिने बताउनुभयो ।
त्यहाँका सेवा प्रवाहमा गति ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले सामान्य प्रशासन मन्त्रालयमा उत्पन्न भएको समस्याका सन्दर्भमा जानकारी गराउँदै कार्यालय प्रमुख चाँडै पठाइ दिन माग गरिसकेको जनाउँदै सहायक प्रजिअ न्यौपानेले चाँडै नै इलाका प्रशासन कार्यालयमा प्रमुख आइहाल्ने र सेवा प्रवाह सहज हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन