
बैतडी । दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बस खरिद गरेर ल्याइसकिएकाले चैत २४ गतेदेखि सञ्चालन तयारी भएको हो ।
दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘बस खरिद गरेर ल्याइसकिएको छ । चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित सञ्चालन गर्नेछौँ ।’
नगर प्रमुख पुष्करराज जोशी आफ्नो चुनावी नारामा गरिएको प्रतिबद्धता अनुसार नगरबस सञ्चालनको तयारी गरेको बताउनुभयो । बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार उक्त बस काठमाडौँको सिपर्दी टेडिङ प्रालीले बोलपत्र आह्वानमार्फत ४३ लाख ९८ हजार २ सय २९ रुपैयाँमा खरिद गरिएको हो ।
न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिनेगरी नगरबस सञ्चालन हुनेछ ।
यसका साथै नगरका अन्य वडामा पनि साताको एक दिन सेवा दिनेगरी सञ्चालनको तयारी भइरहेको नगर कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय