
काठमाडौँ । समाजवादी मोर्चाले गणतन्त्र रक्षार्थ अन्तरक्रिया र परामर्श गर्ने भएको छ । मोर्चा नेपालले गणतन्त्रको रक्षा र पूर्वराजा समर्थकको अराजक गतिविधि नियन्त्रणका लागि दबाब दिने उद्देश्यले सम्पूर्ण गणतन्त्र पक्षधर राजनीतिक दलसँग अन्तरक्रिया र परामर्श गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा आज बसेको मोर्चाको बैठकले जनाधिकार रक्षाका लागि जनतालाई जागरुक गराउँदै देशव्यापीरुपमा परिचालित गर्ने निर्णय गरेको मोर्चामा आवद्ध नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्माले जानकारी दिनुभयो ।
बैठकले चैत १५ गते पूर्वराजा समर्थित समूहले गरेको तोडफोड र आगजनीको डिजाइन गर्ने, आयोजक र संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले तोडफोड र आगजनीबाट भएको सम्पूर्ण क्षतिपूर्ति आयोजकलाई नै भराउनका लागि सरकारसँग माग गरेको छ ।
मोर्चाले त्यही दिन आयोजना गरेको बृहद जनसभामा आम नागरिकको सहभागिताबाट सम्पूर्ण गणतन्त्रवादी शक्तिलाई उत्साह भरेको निष्कर्ष निकालेको छ ।
त्यस दिन आफूहरुको कार्यक्रम नभएको भए पूर्वराजा समर्थकको प्रदर्शन झन् उग्र बन्ने स्थिति देखापरेको र त्यसलाई कमजोर बनाउन विरोध सभाले महत्वपूर्ण सहयोग गरेको विश्वकर्माले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै