
रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो । यससँगै पुलिसले १० लाख रुपैयाँ हित आकर्षक ट्रफी हात पारेको छ ।
उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले ५ लाख रुपैयाँ सहित रनरअप ट्रफी पाएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसबाहेक अन्य थुप्रैले विभिन्न पुरस्कार जितेका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद रु पाँच हजार पाएका थिए भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले नौ खेलमा तीन सय ७४ रन बनाए । त्यस क्रममा उनले एक शतकसहित ४२ वटा चौका र दुईवटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानका रूपमा उनले बजाजको एनएस–२०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरेका छन् ।
नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले बजाजको दुईवटा एनएस–२०० मोडेलको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा घोषित राजवंशीलाई दुईवटा मोटरसाइकल प्रदान गरिएको चन्दले जानकारी दिनुभयो । राजवंशीले फाइनलसहित गरी १० खेलमा ४१ विकेट लिएका थिए ।
यस्तै, उदीयमान खेलाडी नेपाल आर्मीका तृतराज दास घोषित भए । उनले ५० हजार रुपैयाँ सहित क्रिकेट कीट प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’