
काठमाडौँ । समाजवादी मोर्चा नेपालका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा निरीक्षण गर्नुभएको छ ।
विभिन्न धार्मिक सङ्घ संस्था तथा राजवादी समर्थकको समूहले शुक्रबार पार्टी कार्यालयमा तोडफोड गरेकाले त्यसको क्षतिबारे बुझ्न शीर्ष नेताहरु आलोकनगर पुग्नुभएको हो ।
निरीक्षणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायतका नेताहरूले घटनाक्रमको वस्तुस्थितिबारे जानकारी लिनुभयो ।
निरीक्षणका क्रममा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलाइएको पाइएको छ । त्यस अवसरमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिगामी शक्तिले गरेको हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो । त्यसको रक्षाका लागि सबै बताउनुभएको छ ।
गणतन्त्र, संविधान र व्यवस्था विरोधी समूहले भौतिक संरचना तोडफोड, आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै