
रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणअन्तरगत अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १४९ रनको लक्ष्य दिएको छ ।
रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाएको हो । पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ३७ बलमा तीन चौक र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यसैगरी आरिफ शेषले २२ रन र गुलशन झाले १७ रन बनाएका छन् ।
बलिङतर्फ त्रिभुवन आर्मी क्लबका साहब आलमले चार विकेट लिँदा नरेन साउदले तीन, कुशल मल्ल र भीम सार्कीले समान एक/एक विकेट लिए । आठ खेल खेलेको पुलिस अहिलेसम्म अविजित रहँदै प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । आठ खेल खेलेको आर्मी सात खेलमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनलमा पुगिसकेको छ ।
आजको खेल जुन समूहले हारे पनि फाइनल समीकरणमा यसको कुनै असर हुने छैन् । चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा यी दुवै समूहबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’