
काठमाडौँ । भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनले निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएपछि चीनले मङ्गलबार संयुक्त राज्य अमेरिकामाथि ‘भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप’ गरेको आरोप लगाएको छ ।
ट्रम्पले सोमबार अप्रिल २ देखि लागू हुने नयाँ भन्सार शुल्क भेनेजुएलाको तेल किन्ने मुलुकबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सबै वस्तुमा लागू हुने बताउनुभयो । चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो आयातकर्ता हो भने अन्य क्रेतामा भारत, स्पेन र संयुक्त राज्य अमेरिका स्वयं पनि पर्दछ ।
‘हामी अमेरिकालाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न र भेनेजुएलामाथि लगाइएको अवैध एकपक्षीय प्रतिबन्ध समाप्त गर्न आह्वान गर्दछौँ’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।
उहाँले संयुक्त राज्य अमेरिकालाई ‘भेनेजुएला र अन्य देशको शान्ति, स्थिरता र विकासका लागि अनुकूल हुने थप काम गर्न’ आग्रह गर्नुभयो ।
जनवरीमा नयाँ चरणसहित भेनेजुएला वर्षौंदेखि अमेरिकी प्रतिबन्धको अधीनमा छ । जनवरीमा नयाँ चरणअन्तर्गत अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र अन्य सरकारी अधिकारीहरूको गिरफ्तारीका लागि सूचनाको लागि प्रस्ताव गरिएको पुरस्कार बढाएको छ ।
सोमबार योजनाबद्ध भन्सार शुल्क घोषणा गर्दै ट्रम्पले भेनेजुएलालाई ‘जानाजान र छलपूर्वक’ संयुक्त राज्य अमेरिकामा ‘गुप्त रूपमा, दसौँ हजार उच्चस्तरका र अन्य अपराधी’ पठाएको आरोप लगाउनुभयो ।
ट्रम्पले पहिले नै चीनमाथि संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने वस्तुमा सार्वभौमिक रूपमा २० प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ । यसलाई उहाँले फेन्टानिल प्रवाहलाई रोक्ने प्रयाससँग जोड्नुभएको छ ।
बेइजिङले ‘संवाद’ का लागि आह्वान गरेको छ तर सोयाबिन, सुँगुरको मासु र कुखुरासम्मका अमेरिकी कृषि वस्तुमा १५ प्रतिशतसम्म भन्सार शुल्क पनि लगाएको छ ।
विश्वको शीर्ष स्टिल उत्पादक चीनले पनि स्टिल र एल्युमिनियममा छुट्टै अमेरिकी कर लगाउने प्रतिक्रियामा ‘सबै आवश्यक उपाय’ लिने प्रतिज्ञा गरेको छ ।
मङ्गलबार गुओले भन्नुभयो– ‘व्यापार युद्धमा कुनै विजेता हुने छैन र अतिरिक्त शुल्क कर लागू गर्दा अमेरिकी व्यवसाय र उपभोक्ताले मात्र बढी नोक्सान भोग्नुपर्नेछ ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आजदेखि शिक्षक आन्दोलनको समय तालिका हेरफेर
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा
- मिनीट्रक दुर्घटना हुँदा डोटीमा तीन जनाको मृत्यु
- युएईका उपप्रधानमन्त्री काठमाडौँमा, आज द्विपक्षीय वार्ता
- ‘आई लभ यू केपी बा’ भन्ने मान्छे खोज्दै हिड्नु देशकै लागि दुर्भाग्य : भुसाल
- कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
- अझै २०-२५ वर्ष म बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ: ओली
- चाबी लगाएर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन
- विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
- परीक्षा संचालन गर्न कर्मचारी सहभागी नहुने ट्रेड युनियनको संकेत