
काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ ।
अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन गरिएको नमोबुद्ध नगरपालिकाका रोजगार संयोजक अमृत खनालले बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको कार्यक्रममा नगरक्षेत्रमा बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा त्यो नगरका ११ वटै वडामा अभिमुखीकरण आयोजना गरिएको थियो ।
त्यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगारलाई एक सय दिनको रोजगारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन