
ललितपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनबाट अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित हुनुभएको छ ।
महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा चम्लागाईं ३५१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गर्नुभयो । खसेको ४७० मतमध्ये ४५२ मत सदर भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी गराउनुभयो ।
सङ्घको महिला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी अनिता घिमिरे गैरे निर्वाचित हुनुभयो । त्यस्तै खुला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी उदयबहादुर लिम्बू निर्वाचित हुनुभएको छ । खुला उपाध्यक्षका प्रत्यासीहरु टेकप्रसाद अचार्यले ७० तथा उमेश पौडेलले ३५ मत पाउनुभयो ।
कार्यसमितिको महामन्त्रीमा गणेशबहादुर खत्रीले ३४९ मत र किरणकुमार पासवानले २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । महाधिवेशनबाट महिलातर्फको तीन केन्द्रीय सदस्यमा प्रभा आङ्दम्बे, प्रेमगीता बस्नेत र सरस्वती पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।
खुलातर्फको केन्द्रीय सदस्यहरूमा कुमार कँडेल ९राजन०, गङ्गाप्रसाद वाग्ले, जनकबहादुर बुढा, टेकबहादुर गुरुङ, विनोदकुमार कार्की, राधाकृष्ण गुरुङ र सरोज सेढाईं निर्वाचित हुनुभएको निर्वाचन अधिकृतले श्रेष्ठले जानकारी गराउनुभयो ।
त्यस्तै शारीरिक अपाङ्गतर्फको केन्द्रीय सदस्यमा धर्मराज घिमिरे, कोशी प्रदेशबाट अंगुरा बस्नेत र भक्तबहादुर बस्नेत, मधेस प्रदेशबाट शोभा लामा र बलदेव मण्डल, बागमती प्रदेशबाट सुप्रभा अर्याल र विरु कमल श्रेष्ठ, गण्डकी प्रदेशबाट कृष्णकुमारी श्रेष्ठ र दीपक हमाल, लुम्बिनी प्रदेशबाट रजनी शाह र तेजनारायण उपाध्याय, कर्णाली प्रदेशबाट जनकबहादुर शाही र रेसा आरसी र सुदूरपश्चिम प्रदेशबाट देवुकुमारी विक र अनिलकुमार मल्ल निर्वाचित हुनुभएको छ ।
त्यस्तै दृष्टिसम्बन्धी अपाङ्गतातर्फबाट कृष्णबहादुर बुढा, सुनुवाइसम्बन्धी अपाङ्गतातर्फबाट मनीष सुब्बा, स्वर र बोलाइसम्बन्धी अपाङ्गतातर्फ दीपक अधिकारी, बौद्धिक अपाङ्गतातर्फ हेलेना श्रेष्ठ, हेमोफेलिया अपाङ्गतातर्फ अर्जुन तामाङ निर्वाचित हुनुभएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै