
दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध न९ विकेटको सहज जित हात निकालेको छ ।
आज लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । उसको जितमा इशान पाण्डेले २२, आशुतोष घिरैयाले १९ र शुभ कंसाकारले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९।१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो । उसका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाउँदा अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बागमतीका लागि रिजन ढकालले ५।१ ओभरमा १९ रन दिएर पाँच विकेट लिए भने सूर्य तामाङले सात ओभरमा १७ रन दिएर चार विकेट लिए ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना र प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली आर्मी क्लब एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टोली सहभागी छन् । गत फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा जारी प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेल भइरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा खेल खेलाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’