
सिरहा । लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यायलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १० टोली सहभागी हुने आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले बताउनुभयो । उहाँका अनुसार सोमबार उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेतालाई २ लाख ११ हजार र उपविजेतालाई १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका लागि लहान नगरपालिकाले रु २० लाख सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।
दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगञ्ज युनाइटेडले जितेको थियो । प्रतियोगितमाा सलहेश युवा क्लब, सिरहा उपविजेता बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’