
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।
पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रुपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान शुरु गरेको पार्टीले सङ्गन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी
- माओवादीले भन्यो- यो सरकारलाई सत्तामा बस्ने नैतिक अधिकार छैन
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले पेन्सन नपाउने
- राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी
- कश्मीरमा मारिएका सुदीप आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए
- तराईमा तातो हावाको लहर चल्नसक्ने चेतावनी
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा