
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काभ्रेमा ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ । एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले गएको माघ २० गतेदेखि ३ महिने वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिरहेको हो ।
अभियान शुरुवातको चरणमा नेता, कार्यकर्तालाई बनेपामा भेला गराई अभिमुखीकरण कार्यक्रमपछि कार्यविभाजनमार्फत वडा–वडामा खटाइएको थियो । अभियान विशेष गरी ‘पुराना जगाऊ, नयाँ बढाऊ’मा केन्द्रित रहेको जिल्ला कमिटीले जनाएको छ ।
कमिटीका अनुसार पार्टीको चौँथो पूर्णबैठकले जरा अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै केन्द्रीय तथा जिल्लास्तरका नेता, कार्यकर्ताले अभियानको नेतृत्व गरिरहेका छन् । अभियानअन्तर्गत पचासभन्दा बढी वडामा अधिवेशन, टोल कमिटी गठनलगायत सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेका पार्टीका जिल्ला अध्यक्ष राजन भुर्तेलले बताउनुभयो । उहाँका अनुसार .चैतभित्र आगामी २०८२ सालसम्मको सङ्गठित सदस्य नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने कार्यक्रम तय भएको छ ।
पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले स्थानीयस्तरमा पार्टीका नेता तथा कार्यकर्तालाई पुनःजागरण गराउँदै नयाँ सदस्यता बढाउनेतर्फ अभियान केन्द्रित रहेको बताउनुभयो । ‘एमालेले जिल्लाको समृद्धिको स्पष्ट खाका तयार गरेको छ र त्यही अनुसार बजेट विनियोजनमा निरन्तर लागिएकाले नागरिकको पक्षमा जनप्रतिनिधि थप केन्द्रित रहन आग्रहसमेत गर्दै आइरहेका छौँ’ उहाँले भन्नुभयो ।
आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ अन्तर्गत सञ्चालित अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, जनसङ्गठनको कमिटी बनाउने, युवालाई आकर्षित गर्न विभिन्न प्रतियोगिता आयोजना गर्ने, सरकारको समृद्धिको अभियानलाई सफल बनाउन एजेण्डा बनाएर सम्बन्धित निकायलाई दबाब दिने, लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नेलाई सम्मानलगायत कार्यक्रम गरिएको जिल्ला इन्चार्ज बाँस्कोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियान आगामी वैशाख १५ गतेसम्म जिल्लाका १३ स्थानीय तहका एक सय ३५ वटै वडामा सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी
- माओवादीले भन्यो- यो सरकारलाई सत्तामा बस्ने नैतिक अधिकार छैन
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले पेन्सन नपाउने
- राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी
- कश्मीरमा मारिएका सुदीप आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए
- तराईमा तातो हावाको लहर चल्नसक्ने चेतावनी
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा