
महोत्तरी । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले आफ्नो जन्मदिनमा आज नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ ।
क्षत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गर्नुभयो । उहाँले प्रमुखका हैसियतमा नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सुविधा बापत्को रकमबाट भ्यान किनिएको स्पष्ट पार्नुभयो ।
रेडक्रसलाई प्राप्त ‘भ्यान’ विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनमा प्रयोग गरिने रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय