
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युुतप्रसाद वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।उपकुलपति वाग्लेले प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिनुभएको हो । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा वाग्लेलाई त्यो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भ समेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय बनाउने गरी काम अघि बढाउन शुभकामना दिनुभएको छ।
त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्ले लगायत सहभागी हुनुहुन्थ्यो ।
नवनियुक्त उपकुलपति प्राडा वाग्ले यसअघि त्यो विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेको युवा महोत्सव आज
- आज लोकतन्त्र दिवस
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी
- माओवादीले भन्यो- यो सरकारलाई सत्तामा बस्ने नैतिक अधिकार छैन
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले पेन्सन नपाउने
- राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी