
काठमाडौँ । सांसद बेदुराम भुसालले गणतन्त्रको विकल्प गणतन्त्र मात्र भएको बताउनुभएको छ । उहाँले गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन नसक्ने उल्लेख गर्नुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भुसालले संविधानले निर्देश गरेको समाजवादी गणतन्त्र भएकाले त्यही दिशामा अगाडि बढ्ने योजनासहित जान सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘समाजवादको दिशामा संविधानको लक्ष्यअनुसार जानुपर्छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पर्याप्त मात्रामा काम गर्न सकिएको छैन । प्रगति छ तर पर्याप्त छैन ।’ सांसद भुसालले कृषि, उद्योग, पर्यटन र ऊर्जा तथा पूर्वाधारका क्षेत्रमा ठूला–ठूला मेगा प्रोजेक्ट शुरु गरेर रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘विकास र रोजगारीका निम्ति अभियान सुरु गरौँ । संविधानमा कहाँ–कहाँ समस्या छ पुनरवलोकन गरौँ ।’
विशेष समयमा सांसद मोहम्मद खालिदले सरकारको समावेशी सिद्धान्तको व्यवस्थामा थारु र मुस्लिम समुदाय अटाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘राज्य सत्ता सञ्चालनमा थारु र मुस्लिमको उपस्थिति न्यून रहेको तथ्याङ्कले देखाएको छ ।’
सांसद डा अन्जान शाक्यले नेपालको अर्थतन्त्र बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालले अन्तर्राष्ट्रिय बजारमा परम्परागत वस्तुभन्दा उत्पादनको साङ्लो निर्माण गर्ने निकासी प्रवद्र्धन गर्नसक्ने वस्तुको उत्पादन तथा उत्पादकत्वमा जोड दिनुपर्दछ ।’ उहाँले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै यी कुरालाई अध्यादेशले पनि सम्बोधन गर्न खोज्नु राम्रो भएको बताउनुभयो ।
सांसद शाक्यले भन्नुभयो– ‘कर्मचारीले तलबको साथै लाभांस प्राप्त गर्दा करको व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक छ । राज्यले तलबमा कर लिने व्यवस्था छ । तर शेयरबाट प्राप्त हुने आयमा कर कसरी लगाउने भन्ने विषयमा ऐन मौन छ । यस विषयमा तत्काल संशोधन गरी स्पष्टता दिन आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै