
झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।
जितसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ, भने उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गर्नुभएको थियो । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित हुनुभयो । उहाँले ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित हुनुभयो । उहाँले ५१ हजार रुपैयाँ प्राप्त गर्नुभयो । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक हुनुभयो । उहाँहरूले जनही २५ हजार रुपैयाँ र ट्रफ्री पाउनुभएको थियो ।
उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ हुनुभयो । उहाँलाई २१ हजार रुपैया प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा हुनुभयो । उहाँले २१ हजार रुपैयाँ प्राप्त गर्नुभयो । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ घोषित हुनुभयो । उहाँले २१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
उदियमान खेलाडीको पुरस्कार आयोजकका पर्शु राईले पाउनुभयो । उहाँलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । फागनु २४ गतेदेखि शुरू प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।
यसैबीच, त्यही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो । त्यस अवसरमा सम्मानित हुनेमा सङ्गीता राउत, सन्देश श्रेष्ठ, नरोत्तम गौतम, लुना प्रधान, लीला थापा लगायत रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’