
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ ।
‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो ।
मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो । उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्री, जल सुरक्षा, जलवायु परिवर्तन र प्रकृतिका विज्ञ र विश्व बैंक, युएनइपी, युएनआइसीइएफ, आइएफएडी र ग्लोबल कमिसन अन द इकोनोमिक्स अफ वाटर लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
मन्त्री ठकुरीले प्रणाली र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका जीवन–मरणका चुनौतीको सामना गर्न नेपाल सरकारले लिएका पहलबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा उहाँले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारेमा जानकारी गराउनुभएको मन्त्री ठकुरीको सचिवालयले जनाएको छ ।
संवादमार्फत नेपाल सरकारले बहुपक्षीय अन्तरक्रिया गर्न थालेको उल्लेख गर्दै मन्त्री ठकुरीले यो विश्वव्यापी संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा हुने बताउनुभयोे । उहाँले हिमालय क्षेत्रको जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न आवाज उठाउन र समर्थन जुटाउन नेपालको बलियो पहलका बारेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा मन्त्री ठकुरीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाकोतर्फबाट बेलायतको ‘एफसिडिओ’ का अन्तर्राष्ट्रिय विकास, ल्याटिन अमेरिका र क्यारिबियन मामिलाका राज्यमन्त्री बैरोनेस चापम्यानलाई संवादमा सहभागी हुन औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो ।
साथै बेलायतका प्रकृति विशेष प्रतिनिधि रुथ डेभिसलाई पनि सोही निमन्त्रणा दिनुभएको थियो । त्यसअवसरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- एमालेको युवा महोत्सव आज
- आज लोकतन्त्र दिवस
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी