
रसुवा । उतरगया गाउँ पालिकाले ‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नाराका साथ आठौँ स्थापना दिवस मनाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको प्रमुख आतित्थ्यमा सम्पन्न सो कार्यक्रममा स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै पालिकावासीको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
उत्तरगया गाउँपालिकाले जिल्ला, प्रदेश तथा केन्द्र सरकारसँगको सहयोग र सहकार्यमा स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी, साडक बाटो, बत्ती, कृषि क्षेत्रमा यथासक्य सहयोग गरी ‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नारालाई साकार तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सो अवसरमा योजना आयोगका उपाध्याक्ष प्राडा अधिकारीले दुर्गम हिमाली जिल्ला रसुवास्थित उत्तरगया गाउँपालिकाको नीति तथा कार्यक्रम जनतालाई केन्द्रमा राखेर लागु गरिएकोमा खुशी व्यक्त गर्दै आयोगका तर्फबाट त्यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पालिका प्रमुख माधवप्रसाद अर्यालले शिक्षा, स्वास्थ्य, बाटोघाटोका अतिरिक्त पशुमा नस्ल सुधार, गाई तथा भैँसी खरिदमा अनुदान, उन्नत बिऊ तथा डालेघाँसको बिरुवा वितरण, एकीकृत श्रम तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गरी स्थानीय जनताको जीवनस्तर सुधारका पक्षमा अहोरात्र खटिरहेको जानकारी दिनुभयो ।
उपप्रमुख चमेली गुरुङ र प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले पालिकावासीलाई केन्द्रमा राखेर विकास निर्माणसहित सेवा प्रवाह गरिएको बताउनुभयो । स्थानीय उत्तरगया र भारतस्थित दक्षिण गयाको सम्बन्ध बिस्तार गरी उत्तरगया आउने भक्तजन तथा तीर्थयात्रीलाई कम्तीमा एक रात बेत्रावतीमा विश्राम गराउने वातावरण सिर्जना गर्न पालिकाको तर्फबाट पहल भइरहेको बताइयो ।
त्यस अवसरमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, समाज सेवा लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने २६ जनालाई पुरष्कृत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै