
दाङ । दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।
लमहीस्थित क्रिकेट रङ्गशालामा टस हारेपछि पहिला ब्याटिङ गरेको कर्णालीले २७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९१ रन मात्र बनायो । बयानब्बे रनको विजयी लक्ष्य गण्डकीले २९ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका लागि दिपक डुम्रेले अद्र्धशतीय पारी खेले । उनले ७८ बल खेल्दै सात चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै सुजन गौतमले अविजित २२ रन बनाए ।
बलिङतर्फ कर्णालीका दिवान पुनले तीन विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा पाँच ओभर मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै दीपेन्द्र रावतले दुई तथा युनिस ठकुरीले एक विकेट लिए ।
यसअघि ९१ रन बनाउने क्रममा कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए ।
बलिङतर्फ गण्डकीका चन्द्र पौडेल, सुवाश भण्डारी र विपिन खत्रीले दुई दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’