
काठमाडौँ । नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा प्रथम आईजिपी कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ शुरू भएको छ ।
नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले आज मूलपानी क्रिकेट मैदानमा आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रकृति खेलकुदभन्दा फरक किसिमको रहेपनि नेपाली खेलकुद इतिहासमा विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्बर पालले प्रतियोगितासम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र सात वटै प्रदेश प्रहरी कार्यालयका गरी आठ टिमको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’